माधव नेपालमाथि नैतिक संकट ! 

41
केपी ओलीले विधि मिचेर काम गरेको भन्दै ओलीको कार्यशैलीप्रति बिद्रोह गरेर नयाँ पार्टी गठन गरेर नेकपा ९एकीकृत समाजवादी०को अध्यक्ष बनेका माधव कुमार नेपालको कार्यशैली पनि ओलीको जस्तै बिबादित बनेको छ । माधव नेपाल १५ बर्षसम्म एमाले पार्टीको महासचिब बनेर पार्टी हाँकेका नेता हुन् १
 माधव नेपाललाई धेरैले परिपक्व नेताको रुपमा पनि लिने  गर्छन् । तर गत आइतबार र सोमबार आफ्नै पार्टीका तर्फबाट ६ महिनादेखि मंत्री बनकाहरुलाई फेरबदल गर्ने काममा अग्रसर भएका नेपाल बिबादमा परेका छन । उनीमाथि पार्टीभित्र आरोप चलिएको छ ।
 गत आइतबार पार्टीको सचिवालय बैठक बोलाएर नेपालले सरकारमा रहेका पार्टीका सबै मन्त्री फिर्ता बोलाउने निर्णय गरे। जुन निर्णय आफ्नै पार्टीका नेताहरुको विरोध र प्रधानमन्त्रीसहित गठबन्धनका नेताहरुको अहसमतिका कारण कार्यान्वयन हुन सकेन । यो निर्णय कार्यान्वयनमा जानबाट रोकिएको छ ।मंत्री बनेकाहरु र बन्ने अवसर पाएकाहरुबीच शत्रुतापूर्ण अवस्था बिकसित भएको छ ।
गठबन्धन सरकार बनेको बेला पार्टीको सिफारिसमा मन्त्री बन्ने र हट्ने कुरा स्वाभाविक नै हो।तर प्रधानमंत्री देउवाले तत्काल मंत्री फरबदल गर्न असहमति जनाएपछि स्थिति बिष्फोटक बनेको छ । अहिलेको सरकार परमादेशबाट बनेको भएपनि नेपालको संबिधानले प्रधानमंत्रीलाई कार्यकारी अधिकार रहेको छ । तरपनि  प्रधानमन्त्रीभन्दा दलको निर्णय र दलका शीर्ष नेताकै चाहना बढी प्रभावकारी हुने अभ्यास नेपालमा चल्दै आएको छ । यही रोग यसपटक दोहोरिएको छ ।
१५ बर्षसम्म एमालेको महासचिब बनेर दल हाँकेका नेताले नै नेतृत्व गरेको नयाँ दल नेकपा एसले कस्तो बेलामा मन्त्री बदल्ने निर्णय गर्‍यो भने जुन बेला संसद्मा सरकारको वार्षिक बजेट प्रस्तुत भएर सांसदहरुले छलफल गरिररहेका छन्। सोमबारबाट मन्त्रालयगत छलफलमा मन्त्रालयका मन्त्रीहरुले जवाफ दिनुपर्ने कार्यक्रम पनि छ। तर नेकपा एसले यस्तो कच्चा निर्णय गर्‍यो कि आफैले बनाएको बजेटमाथि संसद्‍मा उठेका प्रश्नमा जवाफ दिने अवसर नदिई मन्त्रीहरुलाई बिदा गर्न खोजेको देखियो । यो अपरिपक्व नेताको कार्यशैली नै मानिएको छ ।
हुन त नेकपा एसका अध्यक्ष माधव नेपालले मन्त्री हटाउनेबारे आइतबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेरै निर्णय लिएका हुन् ।तर आफ्नै पार्टीका मन्त्रीहरुलाई उन्ले कुनै जानकारी दिएनन्।मंत्री बनेकाहरुको यस्तै गुनासो सार्वजनिक भएको छ ।
आफूले नै विश्वास गरेर बनाएका मन्त्रीहरुलाई जानकारी नदिई फेरबदल गर्ने निर्णयले नेकपा एसभित्र अध्यक्षको कामपरति गम्भिर प्रश्न उठेको छ। केही नेताहरुको बहकावमा लागेर अध्यक्ष नेपालले ओली प्रबृत्ति अंगालेको आरोप पनि लागिरहेको छ ।
पार्टी निर्णय आउनेबित्तिकै सरकारमा नेकपा एसको तर्फबाट नेतृत्व गरिरहेका स्वास्थ्यमन्त्री विरोध खतिवडा र पार्टीकी सचिवसमेत रहेकी सहरी विकासमन्त्री रामकुमारी झाँक्री निर्णय कार्यान्वन हुन नदिने अभियानमा सक्रिय  नै बने। उनीहरूले पार्टी अध्यक्ष नेपाल मात्रै नभएर गठबन्धनका अन्य नेताहरुलाई समेत भेट गरेर पार्टीको निर्णय उल्टाउन प्रयास गरेपछि प्रधानमंत्री देउवा दवावमा परेका छन् ।
बजेटको विषयमा सदनमा छलफल जारी रहेको सन्दर्भमा मन्त्री हटाउन नहुने खतिवडा र झाँक्रीको  तर्क रहेको छ । उनीहरुले जारी बजेटको छलफलको बीचमा मन्त्री हटाउँदा त्यसले सन्देश पनि राम्रो नजाने तर्क अघि सार्दै अवधि लम्ब्याउने प्रयास गरिरहेका छन् ।
नेकपा एसको निर्णय रोक्न त्यही पार्टीका तर्फबाट मंत्री बनाईएका नेताहरु देउवा निवास बालुवाटार र प्रचण्ड निवास खुमलटार पुग्नु अध्यक्ष माधव नेपालका लागि सुखद होइन। आफैले अघिल्लो दिन गरेको निर्णयबारे भोलिपल्ट सोमबार बालुवाटारको बैठकमा माधव  नेपाल प्रतिरक्षात्मक अवस्थामा पुगनु भयो, यो भन्दा लाजमर्दो अवस्था के हुने ?
पार्टीका अर्का नेता झलनाथ खनालले आइतबार सचिवालय बैठकपछि २४ घण्टाभित्रै निर्णय कार्यान्वयन गर्ने दाबी गरेका थिए। नयाँ सिफारिस भएका मन्त्रीहरुले आइतबार नै बधाई साटासाट समेत गरेका थिए। तर नेकपा एसको सचिवालयमा भएको उक्त निर्णय २४ घण्टामै थमौतीमा परेपछि माधव नैतिक संकटमा परेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here