जोर्डनसँग नेपाल २-० ले पराजित

69

काठमाडौं । एएफसी एसियन कपअन्तर्गत तेस्रो चरणको छनोटमा जोर्डनसँग नेपाल २-० ले पराजित भएको छ। कुवेतमा बुधबार राति सम्पन्न भएको खेलमा नेपालले जोर्डनसँग हार बेहोरेको हो।

नेपाली टिमका सिनियर खेलाडीलाई बाहिर राख्दै मूख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एसियन कप छनोटमा नयाँ खेलाडी लिएका थिए।

गएरातिको खेलमा नेपालविरुद्ध जोर्डनका अलि ओलवन र हम्जा अल डार्डउरले गोल गरेका थिए। खेलको पहिलो हाफ बराबरी भएपछि अलीले खेलको ६८औं मिनेटमा जोर्डनलाई अग्रता दिलाएका थिए।

त्यस्तै, पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै डार्डउरले खेलको ८२औं मिनेटमा गोल गरेका थिए। नेपालले यसअघि पनि जोर्डनसँग चार पटक खेलिसकेको छ। तर नेपाली टिमले जोर्डनविरुद्ध जित निकाल्न सकेको छैन।

यसँगै जोर्डनले समूहमामा तीन अंक जोडेको छ। समूह एअन्तर्गतको अर्को खेलमा भने इन्डोनेसियाले कुवेतलाई हराएको छ। घरेलु मैदानमा कुवेतले हार बेहोरेको हो। उक्त खेलमा कुवेतले इन्डोनेसियासँग २-१ को हार बेहोरेको हो।  अब नेपालले दोस्रो खेल कुवेतसँग आउँदा शनिबार राति खेल्नेछ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here