काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ।आन्दोलित स्थानीय, काठमाडौँ महानगर र शहरी विकास मन्त्रालयबीच भोलि फेरि वार्ता हुँदैछ।
प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री देउवा र मेयर शाहबीच बिहीबार भेटवार्ता भएको स्रोतले जानकारी दियो।उनीहरुबीच काठमाडौँ महानगरपालिकाको फोहोर व्यवस्थापनबारे छलफल भएको बताइएको छ। प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनका लागि सरकारको पूर्ण साथ रहने बताएका थिए। साथै प्रधानमन्त्री देउवाले फोहोर व्यवस्थापनको दीर्घकालीन समाधान खोज्न सुझाएका थिए।
नुवाकोटको बञ्चरेडाँडा ल्याण्डफिल्डसाइट प्रभावित स्थानीयहरु आन्दोलनमा उत्रिएपछि लामो समयदेखि काठमाडौँ उपत्यकाको फोहोर उठ्न सकेको छैन। जसका कारण काठमाडौँका सडकमा फोहोर थुप्रिएको छ।















