डायमण्डमा अंग्रेजी वक्तृत्वकला

91

लेखनाथ ।  पोखरामहानगरपालिका २७ तालचोकस्थित डायमण्ड माध्यमिक विद्यालयमा अंग्रेजी विभागको आयोजनामा मावि ९–१० स्तरीय अंग्रेजी वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।

कार्यक्रममा कक्षा ९ की छात्रा राजश्री राना प्रथम, कक्षा ९ की सोनीया गुरुङ्ग र उपज्ञा बराल द्वितीय र कक्षा १० का  राजिव रिमाल, कक्षा ९ का सौरव त्रिपाठी र प्रज्वल भण्डारी तृतीय भएको विद्यालयका अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङ्गले जानकारी दिएका छन् ।  विद्यालयका क्याप्टेन मयूर शाहिको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयका निर्देशक माधवशरण उपाध्यय, प्रिन्सिपल यम वहादुर रोका, विद्यालयका संयोजक विबाश लामिछानेले बोलेका थिए । विजयी विद्यार्थीलाई पुरस्कार वितरण गरिएको विद्यालयका सूचना प्रविधि तथा संचार संयोजक सुमन जिसीले जानकारी दिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here