नेप्से परिसूचक १५.८२ अंकले घटेर २ हजार ३२.३४ विन्दुमा पुग्याे

87

काठमाडौं। सोमबार पनि नेप्से परिसूचक १५.८२ अंकले घटेर २ हजार ३२.३४ विन्दुमा पुगेको छ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २३० कम्पनीको २९ लाख २० हजार ७०५ कित्ता सेयर खरिद बिक्री हुँदा ९९ करोड ८६ लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।  कारोबारका आधारमा सानिमा बैंक अग्रस्थानमा रहेको छ। यस कम्पनीको ९ करोड १ लाख रुपैयाँ भन्दा बढीको कारोबार हुँदा अन्तिम सेयर मूल्य २ सय ८० रुपैयाँ कायम भएको छ।

त्यसपछि क्रमश : उपकार लघुवित्त वित्तीय संस्था र सिभिल बैंकको कारोबार भएको छ।  सोमबारको कारोबारमा १३ वटै उपसूचक नै घटेको छ। आजको कारोबारमा ग्रीन भेञ्चर लघुवित्त र बलेफी हाइड्रोपावरका लगानीकर्ताले अधिक कमाएका छन्। यी दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

यस्तै, मानुषी लघुवित्त र एनएमबि ५० फण्डका लगानीकर्ताले अधिक गुमाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here