एसियन कप छनोटको अन्तिम खेलमा मंगलबार राति इन्डोनेसियासँग ७-० को फराकिलो अन्तरले पराजित हुँदै छनोट यात्रा सकिएपछि उनले सामाजिक सञ्जालमा स्ट्याटस लेख्दै टिममा केहि सकारात्मक पक्षहरु देखिए पनि गल्ती पक्षहरु सुधार गर्नुपर्ने उल्लेख गरेका छन् ।
यस्तै अल्मुताईरीले एसियन कप छनोटमा खराब प्रदर्शनको दोष आफूलाई जाने भन्दै खेलाडीलाई दोष नदिन आग्रह गरेका छन् । ‘म चाहन्छु कि सबै दोष मलाई जान्छ र खेलाडीहरूलाई दोष नदिनुहोस्,’ अलमुताईरीले लेखेका छन् ।
दोश्रो खेलमा घरेलु टोली कुवेतसँग ४-१ ले हारेको नेपाल अन्तिम खेलमा इन्डोनेसियासँग ७-० ले पराजित भयो ।



















