काठमाडौं । कैलालीकाे १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जानकी गाउँपालिका-२ बडरिया बस्ने २२ वर्षीय हरि शंकर चौधरीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । चौधरीले ती किशोरीलाई जेठ २७ गते राति आफ्नै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय टिकापुरबाट खटिएको
प्रहरीले उनलाई पक्राउ गरेको हो ।
रूपन्देहीकाे १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सैनामैना नगरपालिका-३ मुर्गिया बस्ने ६० वर्षीय मईते थापालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ । आफ्नै पसलमा काम गर्ने ती बालिकालाई थापाले लामो समयदेखि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रन्यौराबाट खटिएको प्रहरीले
उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















