अमेरिकासँग एसपीपी सम्झौता हुँदैन : प्रचण्ड

213

काठमाडौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले  अमेरिकासँग स्टेट पार्टनरशिप प्रोग्राम (एसपीपी) हुन लागेको भनेर झुटो प्रचार भइरहेको बताएका छन्।

रितवहादुर खड्का स्मृति दिवसका अवसरमा पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले अमेरिकासँग सैन्य सम्झौता हुँदैछ भन्ने प्रचार झुटो रहेको र त्यो कुनै पनि हालतमा नहुने दाबी गरेका हुन्।

अहिले राष्ट्रवादको झुटो र पाखण्डी प्रचार हुँदैछ। हिजो जसले आत्मसमर्पण गरेर आज उनीहरु नै एसपीपी हुँदैछ रे भनेर भइनै सक्यो जसरी प्रचार गर्दैछन्’,उनले भने त्यो बिल्कुल झुटो हो। गठबन्धनमा भएको छलफलमा त्यस्तो कुनै सम्झौता भाएको छैन र हुँदैन भनेर प्रधानमन्त्रीले भन्नुभएको छ।’

प्रचण्डले एसपीपीको कार्यन्व्यन गर्ने काम गर्ने २०१९ मा केपी ओली सरकारले गरेको आरोप समेत लगाए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here