साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीमाथि हातपात

64

काठमाडौं । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–२ डाँडागाउँस्थित साक्षरता आधारभूत विद्यालयकी शिक्षिका गोमा कार्कीलाई प्रधानध्यापक लक्ष्मी पौडेलले हातपात गरेकी छिन् ।

प्रधानाध्यापक पौडेलले आफूलाई लात्तीले पेटमा हानेको शिक्षिका कार्की बताउँछिन् । जिल्ला अस्पताल दिक्तेलमा प्राथमिक उपचार गरेर उनलाई थप उपचारका लागि बिराटनगरको विराट अस्पतालमा भर्ना गरिएको छ । विद्यालय व्यवस्थापन समितिको बैठकमा विद्यालयको आयव्ययबारे चासो राख्दा प्रधानाध्यापक लक्ष्मीले कुटपिट गरेको शिक्षक कार्कीले बताइन् । व्यवस्थापन समितिमा गोमा शिक्षक प्रतिनिधि हुन् । व्यवस्थापन समितिको बैठक विद्यालयमा नबस्ने र बैठकबारे जानकारी नै नगराउने गरेको गोमाको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here