कामपाले ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार भत्ता दिने

120

काठमाडौं । २०७८ असार मसान्तभित्र ७५ वर्ष पूरा भएका काठमाडौं महानगरपालिकाका ज्येष्ठ नागरिकलाई मेयर विशेष भत्ताबापत वार्षिक १२ हजार उपलब्ध गराइने भएको छ ।

आइतबार महानगरको नीति तथा कार्यक्रम पेश गर्दै काठमाडौं महानगरका प्रमुख (मेयर) बालेन्द्र शाह (बालेन) ले असार मसान्तभित्र ७५ वर्ष पुगेका ज्येष्ठ नागरिकलाई वार्षिक १२ हजार मेयर विशेष भत्ताबापत उपलब्ध गराइने बताएका हुन् ।

नीति तथा कार्यक्रमभित्र नेपाल भाषा, संस्कृतिको अध्ययन गर्ने उद्धेश्यले महानगरको स्वामित्वमा रहेको २२ नम्बर वडामा रहेको धर्मपथको जग्गा सांस्कृतिक कार्यक्रमका लागि सुरु गरिएको उल्लेख छ ।

यस्तै, काठमाडौं महानगरभित्र बिग्रेका ढल, बाटोघाटोको थप क्षति हुन नदिन र थप मर्मत सम्भारका लागि आवश्यक उपकरण सामग्री र पूर्वाधार एम्बुलेन्स सञ्चालनमा ल्याइएको छ ।

काष्ठमण्डप पुनर्निमाण सम्पन्न भएको छ । कमल पोखरीको सुन्दरता र पुनर्निमाण कार्य सम्पन्न भई दोस्रो चरणको डिजाइनको प्रारम्भिक कार्यको सुरुवात भएको छ ।

महानगरभित्र रहेका सार्वजनिक जग्गामा २५ वडा पार्क निर्माण भइसकेका छन् भने २२ वटा पार्क निर्माणाधिन रहेका छन् ।

विद्यालय शिक्षाको गुणस्तर बढाउन विज्ञहरु रहेको महानगर विद्यालय सुधार योजना तर्जुमा गर्ने जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here