नेपाली राष्ट्रिय महिला टिमकाे वरीयता सुधार

91

नेपालको फिफा महिला वरीयतामा सुधार भएको छ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले शुक्रबार सार्वजनिक गरेको नयाँ वरीयतामा नेपाली राष्ट्रिय महिला टिमले एक स्थान सुधार गरेको हो ।

नयाँ वरीयतामा नेपाल १०१ औं स्थानमा रहेको छ । अघिल्लो पटकको वरीयतामा नेपाल १०२ औं स्थानमा रहेको थियो । एसियाली राष्ट्रको वरीयतामा भने नेपाल २१ औं स्थानमा रहेको छ ।

यस्तै दक्षिण एसियाली राष्ट्रको वरीयता नेपाल दोस्रो स्थानमा रहेको छ । नेपाल भन्दा अघि रहेको भारत ५९ औं स्थानमा रहेको छ । विश्व वरीयतामा अमेरिका शीर्ष स्थानमा यथावत छ । यस्तै स्विडेन दोस्रो स्थानमा रहदा फ्रान्स तेस्रो स्थानमा झरेको छ ।

जर्मनी चौंथो र नेदरल्यान्ड्स पाँचौं स्थानमा रहेको छ । त्यस्तै क्यानडा छैठौं, स्पेन सातौं, इंग्ल्यान्ड आठौं, ब्राजिल नवौं र उत्तर कोरिया १० औं स्थानमा रहेको छ ।

यता पुरुष राष्ट्रिय फुटबल टिम भने १७५औं स्थानमा रहेकाे छ । हालै मात्र उक्त टिमले एएफसी एसियन कप छनाेट २०२३ मा सहभागि भएकाे थियाे । आफ्नाे समूहमा कुनै पनि जित हात पार्न नसकेकाे पुरुष खेलाडीकाे टिम स्वेदेश फर्किसकेकाे छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here