काठमाडौं । नेपाल विद्यार्थी संघ रत्नराज्य लक्ष्मी क्याम्पस (आरआर) इकाइले मूल्यवृद्धिको विरोधमा विरोध प्रदर्शन गरेको छ ।
सत्ताको नेतृत्व गरिरहेको नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेविसंघ आरआर क्यापस इकाइले मूल्यवृद्धिको सांकेतिक विरोध गरेको हो ।
नेविसंघले चर्काे मूल्यवृद्धिले गर्दा जनता ठूलो समस्यामा परेको भन्दै सबै खालका मूल्यवृद्धि खारेज गर्न सरकारसँग माग गरेको छ ।