नेकपा एकता राष्ट्रिय अभियान केन्द्रीय कमिटीको पहिलो बैठक सम्पन्न

80

काठमाण्डौ / यही असार ११ गते ललितपुरको धोविघाटस्थित सिद्धार्थ कटेजमा सम्पन्न भएको नेकपा एकता राष्ट्रिय अभियानको दोस्रो राष्ट्रिय भेलाले ६९ सदस्यीय केन्द्रीय कमिटी गठन गरेको छ ।

भेलाले २१ सदस्यीय राष्ट्रिय परिषद र १५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । भेलाको उद्घाटन संयोजक बामदेव गौतमले गर्नु भएको थियो । उद्घाटन सत्रमै गौतमले राजनीतिक प्रस्ताव प्रस्तुत गर्नु भएको थियो । उद्घाटन सत्रपछि भेलामा उपस्थित सहभागीहरुलाई ४ समूहमा बिभाजन गरी गौतमबाट प्रस्तुत राजनीतिक प्रतिवेदनलाई सुझाव र संशोधनसहित पारित गरिएको थियो ।

भेलाले गठन गरेको केन्द्रीय कमिटीको  पहिलो बैठक असार १२ गते काठमाण्डौको चन्द्रागिरी स्थित रिसोर्टमा बिभिन्न महत्वपूर्ण निर्णयहरु गरी सम्पन्न भएको छ ।

बैठकले नेपालका कम्युनिष्ट पार्टीहरुबीच एकता वार्ता अगाडि बढाउन कमरेड बामदेव गौतमको संयोकत्वमा वार्ता टोली गठन गरेको छ ।

यस अभियानमा निर्वाचन आयोगमा दर्ता भएका अन्य ४ वटा पार्टीहरु पनि जोडिएका छन् ।  केन्द्रीय कमिटी बैठकले अन्य धेरै महत्वपूर्ण निर्णयहरु गरेको छ ! निर्णयहरु सार्वजनिक गर्न छिट्टै नै पत्रकार सम्मेलन आयोजना गर्ने निर्णय पनि बैठकले गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here