काठमाडौं । एसीसी महिला टी–२० च्याम्पियनसिप खेलेर नेपाली महिला क्रिकेट टिम स्वदेश फर्किएको छ ।
नेपाली टिम सोमबार बिहान नेपाल आइपुगेको हो । समूह बीका तीन खेल जितेर उपविजेता हुँदै सेमिफाइनलमा पुगेको नेपाल युएईसँगको खेल वर्षाले रोकिएपछि फाइनलमा पुग्न सकेको थिएन ।
किनरारा मैदानमा टस जितेर फिल्डिङमा उत्रेको नेपालले युएईलाई ८१ रनमा अलआउट पारेको थियो । तर नेपालले ब्याटिङ्ग नै गर्न पाएन । युएई समूहको विजेता भएका कारण फाइनलमा स्थान बनायो, नेपाल सेमिफाइनलबाट नै बाहिरिन पुगेको हो ।