काठमाडाैं । नेकपा एकीकृत समाजवादीका महासचिव डा. बेदुराम भुसालले पार्टीमा कुनै खालको विवाद नरहेको जिकिर गरेका छन् ।
पार्टी केन्द्रीय परिषद्को प्रथम बैठकमा सहभागी हुने क्रममा सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै भुसालले मन्त्री हेरफेरको विषयलाई लिएर पार्टीभित्र विवाद नरहेको जिकिर गरेका हुन् ।
‘पार्टीमा कुनै खालको विवाद छैन । फिर्ता भएका मन्त्रीहरूले पार्टीभित्र आफ्नो कुरा राख्नुभएको छ, बाहिर त्यही बोल्नुहुन्छ,’ उनले भने ।
भुसालले मन्त्रीहरू बैठकमा सहभागी नभएको विषयमा पनि प्रतिक्रिया दिए । ‘काम विशेषले नआउनुभएको होला, आउनुहुन्छ,’ भुसालले भने ।

















