नेपालभाषामा एसईई, डिप्लो, मास्टर्समा पहिलो हुने विद्यार्थीलाई मोतीलानी पुरस्कार

150

काठमाडौं ।  पछिल्ला दुई वर्ष नेपालभाषा विषयमा सबैभन्दा बढी अङ्क ल्याउने विद्यार्थीलाई शनिबार मोतीलानी पुरस्कार प्रदान गरिएको छ ।

कोभिडका कारण गत वर्ष पुरस्कार कार्यक्रम हुन नसकेपछि यस पटक पछिल्ला दुई सत्रमा नेपालभाषा विषयमा एसईई, डिप्लोमा र मास्टर्समा पहिलो हुने विद्यार्थीलाई मोतीलानी पुरस्कार प्रदान गरिएको हो ।

२०७६ र २०७७ सालमा पहिलो हुने विद्यार्थीलाई संयुक्त रूपमा नगद पुरस्कारसहित सम्मान गरिएको हो । मोतीलानी सिरपा समितिकी अध्यक्ष प्रा. प्रेमशान्ति तुलाधर र नेपालभाषा केन्द्रीय विभागका प्रमुख स.प्रा.डा. राजनलाल जोशीले एसईईमा पहिलो हुने सुस्मिता राजभण्डारी (जगतसुन्दर ब्वनेकुथि), सदिक्षा महर्जन (जगत सुन्दर ब्वनेकुथि), बीएमा प्रथम हुने निशा प्रधान (पाटन संयुक्त क्याम्पस), प्रमिला चित्रकार (पाटन संयुक्त क्याम्पस) तथा एम.ए परीक्षामा पहिलो हुने कविन श्रेष्ठ (नेपालभाषा केन्द्रीय विभाग) र प्रजित शाक्य (नेपालभाषा केन्द्रयी विभाग)लाई सम्मान गर्न‘भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here