काठाठमाडाैं । आगामी असार २६ गते विधान अधिवेशन गर्दै नेपाली जनसम्पर्क समिति कोरिया सउल, दक्षिण काेरिया,आगामी असार २६ गते आईतबारका दिन नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले विधान अधिवेशन गर्ने भएको छ। सल्लाहकार सहित कार्यसमितिको पूर्ण बैठकले असार २६ गते विधान अधिवेशन गर्ने निर्णय गरेको हो।
नेपाली जनसम्पर्क समिति कोरियाका सभापति भजिन्द्र क्षेत्रीको सभापतित्वमा सम्पन्न उक्त बैठकले बिधान अधिवेशन सफलतापुर्वक सम्पन्न गर्न मातहत सम्पूर्ण समितिहरू परिचालन गर्ने निर्णय गरेको छ। गत बर्षकाे कार्तिक २० गते सम्पन्न भएको नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको छैटौँ अधिवेशनमा विधानका विषयहरू अधिवेशनको हलबाट सहज रूपमा अगाडी बढ्न नसकी पारित हुन नसकेपछि महाधिवेशन हलले नयाँ कार्यसमिति निर्वाचित भए पश्चात, सम्पुर्ण प्रतिनिधिहरूको भेला बोलाई यथाशिघ्र विधान सम्बन्धित कार्य अगाडी बढाउने म्यानडेट नयाँ कार्यसमितिलाइ दिएको थियो । त्यस्तै सार्वभौम सम्पन्न अधिवेशनको हलले दिएको म्यान्डेट अनुरूप वर्तमान कार्यसमितिले विधान अधिवेशन गर्ने निर्णय गरेको कुरा महामन्त्री मित्रबन्धु काफ्लेले जानकारी गराएकाे छ ।
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको विद्यमान विधान र नेपाली काङ्ग्रेसको केन्द्रीय विधान तथा नियमावलीमा धेरै बुँदाहरू बाझिएको र नेपाली काङ्ग्रेसको केन्द्रीय विधानको अधिनमा रहेर जनसम्पर्क समितिले आफ्नो कार्य अगाडी बढाउनु पर्ने जिम्मेवारी बमोजिम बिधान अधिबेसन गर्न लागिएको कुरा संस्थाका अर्का महामन्त्री राम प्रसाद उप्रेतीले जानकारी गराउनु भएका हुन् । विधानमा परिमार्जन अथवा थपघट गर्नु पर्ने बुँदाहरूलाई समेटेर आफ्नो सुझाव पेस गर्नका निम्ति नेपाली काङ्ग्रेस प्रति आस्था राख्ने सम्पूर्णमा आव्हान गरिएको र अहिले विभिन्न क्षेत्रमा सुझाव सङ्कलन कार्य भइरहेको कुरा जनसम्पर्क समितिका सल्लाहकार तथा विधान समितिका संयोजक डा. अग्निराज कोइरालाले जानकारी दिएका छन् ।
सम्पुर्ण व्यत्तित्वहरूबाट प्राप्त सुझावलाई समेटेर विधान संशोधनको प्रस्ताव तयार गरीरहेको बताइएको छ । कार्यक्रमलाई सभ्य एवम् भव्य बनाउनका निम्ति जनसम्पर्क समिति दक्षिण कोरियाका विभिन्न क्षेत्रहरूसँग सम्न्वय गरिरहेको र सम्पुर्ण प्रतिनिधि साथिहरुको उत्साह पुर्वक सहभागीता रहने विश्वास लिएको संस्थाका उप-सभापति जितेन्द्र सिंह महताले जानकारी गराए । संस्थाका प्रवक्ता प्रकाश दवकोटाका अनुसार: कार्यक्रमलाई उद्घाटन सत्र र बन्द सत्र गरी दुई भागमा विभाजन गरिएको र उद्घाटन सत्रमा नेपाली काङ्ग्रेस प्रति आस्था राख्ने सम्पुर्ण व्यक्तित्वहरुको उपस्थिति रहने छ । ।
वन्द सत्रमा जनसम्पर्क समिति दक्षिण कोरियाका छैटौँ केन्द्रीय अधिवेशन प्रतिनिधिमात्र समावेश हुन पाउनेछन् । कार्यक्रमलाई सफलता पुर्वक सम्पन्न गर्नका निम्ति प्रचार प्रसारको कामलाई तीव्रता दिइएको, जनसम्पर्क समितिका दक्षिण कोरियाका प्रचार प्रसार तथा प्रेस विभाग प्रमुख अशोक मैनालीले जानकारी गराए।
जनसम्पर्क समिति दक्षिण कोरियाको विधानलाई आवश्यक परिमार्जन गरी नेपाली काङ्ग्रेसको केन्द्रीय विधानसँग एकरूपता कायम गर्ने र जनसम्पर्क समितिको आन्तरिक संगठनलाइ थप गतिशिल बनाउने उदेश्यका साथ विधान अधिवेशनको तयारी गरिएको कुरा संस्थाका सभापति भजिन्द्र बहादुर क्षेत्रीले जानकारी गराएका हुन् ।


















