कर्मचारी बस पल्टिँदा एक जनाको ज्यान

109

बनेपा ।काभ्रेको बनेपा नगरपालिका-११ मा अपाङ्ग बाल अस्पताल तथा पुनर्स्थापना केन्द्रको कर्मचारी बस पल्टिँदा एक जनाको ज्यान गएको छ।

अस्पतालबाट कर्मचारी बोकेर काठमाडौंतर्फ जाँदै गरेको बा १ क ५७४७ नम्बरको बस बिहीबार दिउँसो पौने ५ बजे अस्पताल नजिकै पल्टिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेले जनाएको छ।

दुर्घटनामा भक्तपुर लोकन्थलीकी अन्दाजी ५० वर्षीया लेखकुमारी बस्नेतको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक राजेश सिलवालले जानकारी दिनुभयो।

बस्नेतको उपचारको क्रममा बनेपास्थित शिरमेमोरियल अस्पतालमा मृत्यु भएको उहाँले बताउनुभयो। सिलवालले दुर्घटनामा अन्य ३८ जना घाइते भएको बताउनुभयो।

घाइतेमध्ये २१ जनाको शिर मेमोरियल, आठ जनाको धुलिखेल र सात जनाको बनेपाको अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। कर्मचारी बोकेर काठमाडौं जाँदै गरेको बसले मोटरसाइकललाई साइड दिने क्रममा पल्टेको प्रहरीले जनाएको छ। घाइतेको अवस्था सामान्य छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here