२६ औँ जन्मदिनमा सुरु गरे यात्रा
सन् २०१५ मा टमले आफ्नो २६ औँ जन्मदिनमा यो यात्रा सुरु गरे । टमले उक्त यात्रामा आफूले थुप्रै उतार चढाव देखेको बताए । टर्की–उजबेकिसतानमा मानिसहरुले टमलाई विवाहमा आमन्त्रित गरेर उनलाई खुसीमा समावेश गराए । टमले गिनिज बुक अफ वर्ल्ड रेकर्ड होल्डर न्युम्यानकाे कहानीबाट प्रेरित भएर संसार घुम्ने निर्णय गरेका थिए । यद्यपि, टमको यात्रालाई गिनिजि रेकर्डमा प्राविधिक कारणमा समावेश गराउन सकिएन तर उनको कुकुर यति धेरै पैदल यात्रा गर्ने पहिलो जनावर भने बने ।
टम–सवानाहले दैनिक ४० किलोमिटरको यात्रा गर्दथे
टम र सवानाहले दैनिक करिब ३० देखि ४० किलोमिटरको यात्रा गर्दथे र धेरै रात क्याम्पमा नै बिताउने गर्दथे । टमका अनुसार यो यात्रामा सवानाहले उनलाई निकै साथ दिएका थिए । आफ्नो सहयात्री सवानाहबारे कुरा गर्दै टमले भने, ‘यात्राका बेला मभन्दा ऊ बढी ऊर्जावान् हुने गर्दथ्यो । ऊ असाध्यै उत्साहित पनि हुने गर्दथ्यो । साथै, ऊ भएपछि मलाई एक प्रकारको सुरक्षा पनि महसुस हुन्थ्यो ।’


















