२१ बर्षपश्चात आर.आर. क्याम्पसको मुखपत्र सुकुन्दा साहित्य पाःलाः पुनः प्रकाशन हुने

262

काठमाडाैं । २१ बर्षदेखि स्थगित रहेको सुकुन्दा साहित्य पालाको पुर्न प्रकाशनका लागि  मातृभाषा बचाउँ  एवम् नेपाल भाषा अभियान्ता स्नातक र स्नातकोत्तर तहका मातृभाषानुरागी बिद्यार्थीहरुको उपस्थितिमा सुकुन्दा साहित्य पाःलाःका अध्यक्ष  प्रशान्त डंगोल, सचिव रीदेन महर्जनको टोलीले सहयोगकाे अपीलसहित ज्ञापन पत्र बुझाएका छन् ।

साथै क्याम्पस प्रशासन र शिक्षकबीच एम.ए. तहमा नेपालभाषामा देखिएकाे विभिन्न समस्याहरू अवगत गराउने क्रममा नेवाः विध्यार्थी युनियनका सचिव तथा सुकुन्दा साहित्य पाःलाः अध्यक्ष प्रशान्त डंगोलले क्याम्पस प्रशासनले वाचा गरे अनुरूप  नेपालभाषा दिपार्मेन्ट स्थापना गर्नेपर्नु, स्थायी दरबन्दी माग गर्नुपर्ने, क्याम्पसको पुस्तकालयमा नेपालभाषाका  पुस्तक पुर्ति गर्नुपर्ने लगायतका कुनै पनि बिषयमा सिन्को नभाचेकोप्रति क्याम्पस प्रशासनलाई ध्यानाकर्षण गराएका छन् ।

नेवाः विध्यार्थी युनियनका अध्यक्ष एवम्  सुकुन्दा साहित्य पाःलाः सचिव रिदेन महर्जनले आर. आर. क्याम्पसको वेभसाइटमा बि.ए., एम.ए. नेपाल भाषा विषयको अपडेट गराउनुपर्ने, एम.ए. तहमा नेपालभाषाको विषय आकर्षणका लागि भर्नामा प्रकृयामा विशेष छुटको व्यवस्था हुनेपर्ने, नेपालभाषा विषयपनि अन्य विषय जस्तै विज्ञापन गर्नुे पर्नेमा क्याम्पस प्रशासनलाई सुझाव दिएका थिए ।

क्याम्पस प्रमुखलाई  सुनाए ।

रत्न राज्यलक्ष्मी क्याम्पसका प्रमुख जीवनधर ज्ञावालीले सुकुन्दा साहित्य पाःलाः प्रकाशनका सक्दाे सहयोग गर्न वाचा व्यक्त गर्दै शुभकामना समेत व्यक्त गरे । यसका साथै  दिवासत्रका क्याम्पस सहायक प्रमुख दोलराज काफ्लेले सुकुन्दा साहित्य पाःलाः इतिहास बाेकेकाे मुख पत्र भएकाले नेपालभाषाकाे विषयसित सम्बन्धित प्रकाशन   जाेडदिदै यसकाे निरन्तर रूपमा लागेमा नेपाल भाषा संरक्षण, सम्बद्दनमा मजुबत हुने विध्यार्थीलाई सुझाव दिए ।

साे छलफल कार्यकम्रममा नेपालभाषा बिए. अध्ययन बिद्यार्थी राजेश श्रेष्ठ, इन्द्रमान महर्जन,  नेपालभाषा एम.ए अध्ययनत प्रवीण शाही, नराेत्तम बज्राचार्य, कृता बज्राचार्य, रूपाशाही, मनिता श्रेष्ठले विध्यार्थीहरूले सामुहिक रूपमा अध्ययन गर्ने काक्षाकोठाको अभाव, लाइबेरीमा पुस्तकको व्यवस्था समेत नहुनु, स्थायी दरबन्दी शिक्षकको माग हुने पर्ने विषयमा  क्याम्पस प्रशासन बेवास्ता गरेको प्रति गुनासो व्यक्त गरेका थिए ।

 

 

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here