नबिल र नेपाल बंगलादेश बैंकको एकीकृत कारोबार असार २७ गतेबाट नबिल बैंकको नामबाट सुरु हुने भएको छ | यी दुई बैंकको मर्जर प्रस्ताव जेठ ७ गते सम्पन्न भएको सभाले पारित गरेको थियो भने केन्द्रीय बैंकले असार १५ गते अन्तिम स्वीकृति दिएको थियो ।
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई १००:४३ सेयर स्वाप अनुपातमा एक्वायर गरेको हो । नेपाल बंगलादेश बैंकको १०० कित्ता शेयर बराबर उक्त बैंकका शेयरधनीहरुलाई नबिल बैंकको ४३ कित्ता (१:०.४३) शेयर पहात पार्नेछन् |


















