आज अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिने

265

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज पदबाट राजीनामा दिने भएका छन्।

आज बस्ने प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गरेर उनले राजीनामा दिन लागेको अर्थ मन्त्रालयनिकट स्रोतले जानकारी गराएका छन् । बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन। अर्थमन्त्री शर्माले प्रतिनिधिसभा बैठकमा आफ्ना भनाइ राखेर राजीनामा दिन लागेकाले बैठक बस्न विलम्ब भइरहेको विश्वस्त स्रोतको  धारणा छ। यसै विषयलाई लिएर नेकपा माओवादी केन्द्र पूर्वस्थायी कमिटी सदस्यहरूको आज बिहान बैठकसमेत बसेको थियो।

अर्थमन्त्री शर्मामाथि बजेट निर्माणका क्रममा करको दर हेरफेरका लागि अनधिकृत व्यक्ति प्रयोग गरिएको आरोप लागेको छ। यसलाई लिएर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसदमा अर्थमन्त्रीको राजीनामा माग गर्दै आइरहेको छ। मन्त्री शर्मा र अर्थ मन्त्रालयले भने कर विज्ञहरुकै सल्लाहमा करको दर हेरफेर गरिएको र मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश नभएको बताउँदै आएका छन्।

मन्त्री शर्मा र अर्थ मन्त्रालयले भने कर विज्ञहरुकै सल्लाहमा करको दर हेरफेर गरिएको र मन्त्रालयमा अनधिकृत व्यक्तिको प्रवेश नभएको स्पष्टीकरण दिएको थियो। सो दिनको सिसीटिभी फुटेजसमेत मेटिएको सूचना सार्वजनिक भएपछि भने मन्त्री शर्माको थप आलोचना भएको थियो। यस विषयमा प्रतिपक्षी दल मात्र नभएर  सत्तारुढ दलकै सांसदहरु तथा पूर्वप्रधानन्यायाधीशसहितका नागरिक अगुवाहरुले समेत मन्त्री शर्माले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने माग राख्दै आएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here