बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ऐन संशोधन

68

काठमाडौं। प्रतिनिधिसभा बैठकमा यौन हिंसाविरुद्धको केही ऐन संशोधन गर्ने विधेयकसम्बन्धित समितिको प्रतिवेदन पेश भएको छ ।

कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले उक्त प्रतिवेदन सोमबारको बैठकमा पेश गर्नुभएको हो ।

समितिको बैठकले बलात्कार मुद्दामा हदम्याद बढाउने निर्णय गर्दै ऐन संशोधनको लागि प्रस्ताव गरेको थियो । यौन हिंसा विधेयकमार्फत हदम्याद बढाउन लागिएको हो ।

मुलुकी फौजदारी संहिताको दफा २२९ को संशोधन गरेर हदम्याद बढाउन लागिएको हो ।

बलात्कार मुद्दामा हदम्याद नाघेर दिइएको उजुरीमाथि कारबाही नहुने व्यवस्था संशोधन गर्न लागिएको हो ।

समितिको सहमति अनुसार अब नाबालिका बालिक भएको उमेर तीन वर्षसम्म पनि उजुरी गर्न पाइने छ भने बालिकको हकमा दुई वर्षसम्म उजुरी गर्न पाइने छ ।

यसअघि बलात्कारसम्बन्धी मुद्दामा हदम्याद हटाउन प्रतिनिधिसभामा र राष्ट्रियसभामा संकल्प प्रस्तावसमेत दर्ता भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here