काठमाडौं । गत साल कोरोना भाइरस (कोभिड— १९)को महामारी कारण नमनाएको य रत्न राज्यलक्ष्मी क्याम्पसका नेपालभाषा विद्यार्थीहरुले गुरु पुर्णिमा हर्षोल्लासका साथ मनाएका छ्न्।
सो क्याम्पसमा एम.ए. तह नेपाल भाषाका पढ्ने विध्यार्थीहरू बि. ए. तहका विद्यार्थीहरुको समेत सहभागीतामा गत बुधबार आर आर क्याम्पसमा आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा आर. आर. क्याम्पसका प्रमुख जीवनधर ज्ञवालीले गुरुपुर्णिमा कार्यक्रम गरिएकोमा आयोजक विद्यार्थी समूहलाई धन्यवाद दिदै यस्ता कार्यको निरन्तर हुनेमा आशा राख्दै नेपाल भाषाको एम ए लेभल अध्यापनको सफलताका लागि सबैलाई बधाई दिदै आउँदा दिनमा यस्मा क्याम्पसबाट सकेको पहल गर्ने कुरा धारणा राखेका थिए।
नेपाल भाषा एम.,. अध्ययनरत बिप्लवी बज्राचार्यले कार्यक्रममा उद्घोषकको जिम्मा निर्वाह गरेको कार्यक्रममा बिभागिय विष्णु प्रसाद ज्ञवाली, प्रा. डा. चन्द्रमान बज्राचार्य, मदन सेन बज्राचार्य, दीपा महर्जन, सुनिता राजभण्डारी लगायत गुरुबा गुरु आमाहरुलाई नेवाः परम्परा अनुसार सगुन दिएर सम्मान गरिएको थियो। कार्यक्रमा नेपालभाषा शिक्षक प्रा.डा. चन्द्रमान बज्रचार्यले नेवाः परम्परा अनुसार नेवाः सरकार परम्परा अनुसार कार्यक्रमको आयोजना गरेकोमा धन्यवाद दिदै नेवाः विद्यार्थी युनियनको अथक प्रयासबाट एम.ए. तथा बि.ए. तहमा नेपाल भाषा पुनः कक्षा सञ्चालन भएको खुशी व्यक्त गर्दै यस्लाई निरन्तरता खाचो रहेकोमा जोड दिएका थिए।
एम.ए. नेपाल भाषा अध्ययनरत गायक संगीतकार एवम् प्रविण शाही गुरुआमाहरु सुनिता राजभण्डारी र दीपा महर्जनले गीत संगीत पनि प्रस्तुत गरिनुका साथै बिध्यार्थी कृता बज्राचार्यले कविता वाचन गरेको कार्यक्रममा स्वागत मन्तव्य सृष्टि खड्गीले दिएका थिए भने बि।ए। प्रथम बर्षमा अध्ययनरत चन्ता मुनिकारले नेपाल भाषा पढिरहदाको भोगाई र अनुभव बाडेका थिए।
कार्यक्रममा नेपाल भाषा शिक्षक मदन सेन बज्राचार्यले गुरु पुर्णिमा मनाउनु भनेको विद्यार्थीहरुको लागि मात्र गुरुको लागि पनि सौभाग्य हो। आफ्ना विद्यार्थीलाई आफू जतिको सके आफू भन्दा बढी सक्षम बनाउन काम गुरु रहेको र यो चुनौतीका लागि सबै गुरुहरु तयार हुनुपर्ने बताउँदै परापुर्वकाको जस्तो गुरु शिष्य परम्परा नरहे पनि यस्को आवश्यक भने रहेको बताए। कार्यक्रमका सभापति शंकर थापाले ‘नेपालभाषाको महत्व धेरै रहेको औल्याउँदै क्याम्पस प्रशासनको तर्फबाट नेपाल भाषा बि.ए. तथा एम.ए तहको पढाइबारे आवश्यक प्रचारप्रसार गर्नमा क्याम्पस प्रशासन लगायत विभिन्न संघ संस्थाले विशेष पहल गर्नुपर्नेमा जोड दिएर कार्यक्रमको समापन गरेका थिए ।


















