साउन मसान्तसम्म ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ थप

71
काठमाडाैं ।  एनआईसी एशिया बैंकले ‘एनआईसी एशिया सर्वश्रेष्ठ १० गुणा मुद्दती योजना’ को म्याद साउन मसान्तसम्म थप गरेको छ । बैंकले गत असार १२ देखि असार मसान्तसम्मको लागि निक्षेपको १० गुणासम्म प्रतिफल प्राप्त हुने योजना ल्याएको थियो ।  यो बीचमा ग्राहकले देखाएको उत्साहलाई सम्मान गर्दै योजनालाई साउन मसान्तसम्म विस्तार गरिएको बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
यस योजनामा निक्षेपकर्ताले ५ वर्ष १० महिना देखि १९ वर्ष १० महिनासम्म मुद्दती खातामा रकम जम्मा गरे अनुसार दुई गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउनेछन् । यस्तै आफूले निक्षेप गरेको रकम र पाकेको ब्याज गरी कुल रकमको ८० प्रतिशत बराबर कर्जा समेत लिन सकिनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here