समाजवादी केन्द्र बनाएर कांग्रेससँग सिट बाँडफाँटबारे छलफल गर्ने

106

प्रचण्ड र बाबुरामको भेटवार्ता सिंहदरबारमा जारी

काठमाडाैं |   नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी छाड्ने तयारीमा रहेका डा. बाबुराम भट्टराईबीच भेटवार्ता भएको छ । अहिले सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा दुई नेताबीच भेटवार्ता जारी रहेको प्रचण्डको सचिवालयले बताएको छ ।

प्रचण्ड र बाबुरामले आगामी निर्वाचन अगाडि नै समाजवादी केन्द्र बनाउने बारेमा छलफल गरिरहेका छन् ।  प्रचण्डले पार्टी एकताकै प्रस्ताव गरेको भए पनि भट्टराईले भने कम्युनिष्ट विचारधारा प्रति वितृष्णा व्यक्त गर्दै आएका छन् ।  दुई नेताको छलफल पछि नेकपा एकीकृत समाजवादीका शीर्ष नेतासँग पनि छलफलको तयारी रहेको प्रचण्डको सचिवालयले जनाएको छ ।

एकीकृत समाजवादीका नेताहरू पनि समाजवादी केन्द्र बनाउने कुरामा सहमत छन् । माओवादी केन्द्रका नेताहरूले त एकीकृत समाजवादीसँग पार्टी एकताकै प्रस्ताव राखेका छन् ।  तर, समाजवादी केन्द्रका नेताहरू भने अहिल्यै पार्टी एकताको लागि तयारी भइसकेका छैनन् ।  आगामी निर्वाचनमा कांग्रेससँग गठबन्धन गरेर जान तयार भएका उनीहरूले समाजवादी केन्द्र बनाएर कांग्रेससँग सिट बाँडफाँटबारे छलफल गर्ने तयारी थालेको नेताहरूले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here