मेयर बालेन्द्रले लगाइदिए ‘नेपहपको श्रीपेच’ भाइबर साइमन विजेतालाई श्रीपेच

109

काठमाडौं । र्‍याप गायनमा आधारित रियालिटी शो ‘नेपहपको श्रीपेच’ विजेतालाई श्रीपेच (मुकुट) प्रदान गरिएको छ ।

यसअघि ग्राण्ड फिनालेकै दिन प्रदान गरिएको श्रीपेच विवादमा परेपछि नयाँ श्रीपेच निर्माण गरेर विजेता साइमन विष्ट (भाइबर साइमन) लाई मुकुट प्रदान गरिएको हो ।

शोमा जजसमेत रहेका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले पञ्चधातुबाट बनाइएको श्रीपेच पहिराएका हुन् ।

‘मलाई खुसी लागेको छ, एकदमै गर्व महसुस भएको छ,’ ‘नेपहपको श्रीपेच’का विजेता साइमनले विजेताको रुपमा श्रीपेच लगाउँदाको खुसि साटे।

यसअघिको मुकुटप्रति बौद्ध धर्मगुरुहरुले आपत्ति जनाएपछि फिर्ता गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here