माओवादी स्थायी समिति बैठक बस्दै

147

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थाय समिति बैठक बस्दै छ। आइतबार दिउँसो ३ बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो।

बैठकमा अर्थमन्त्रीको विषयमा छलफल हुने सम्भावना रहेको छ।

संसदीय छानबिन समितिले चालु आर्थिक वर्षको बजेमा करको दर हेरफेरमा अनधिकृत व्यक्तिको संलग्नता पुष्टि हुन नसकेको प्रतिवेदन सार्वजनिक गरेपछि उक्त बैठक बस्न लागेको हो।

माओवादी केन्द्रका नेता जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर करको दर हेरफेरको आरोप लागेपछि अर्थमन्त्रीबाट राजीनामा दिएका थिए। तर छानबिनका क्रममा सो कुरा पुष्टि हुन नसकेपछि शर्मालाई नै अर्थमन्त्रीको रुपमा पठाउने कि अर्को कसैलाई भन्नेबारे निर्णय हुन सक्ने एक नेताले जनाए ।

शर्माले राजीनामा दिएको असार २२ गते माओवादी केन्द्रका नेता वर्षमान पुनले शर्मा दोषी नदेखिए उनी नै पुनः अर्थमन्त्री बन्ने बताएका थिए।  अर्थमा फेरि फर्कने या नफर्कने निर्णय शर्मामाथि नै निर्भर हुने माओवादी नेताहरुको भनाइ छ । तर, प्रमुख प्रतिपक्षी नेकपा एमालेले समितिको प्रतिवेदनलाई मान्न नसकिने तर्क गरेको छ।

माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले बैठकमा स्थायी कमिटी र पोलिटव्युरोको पूर्णता लगायका विषयमा आइतबारको बैठकमा छलफल हुने जनाएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here