एमालेकाे भ्रष्टाचार विरूद्ध प्रदर्शन

195

काठमाडाैं ।  प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले पछिल्लो समय भ्रष्टाचार बढेको भन्दै त्यसविरूद्ध प्रदर्शन गरेको छ।  सोमबार दिउँसो एमालेका विभिन्न भ्रातृसंस्थाहरूले काठमाडौंको बसन्तपुर क्षेत्रका विभिन्न ठाउँबाट जुलुस निकालेका छन्।बसन्तपुरमा जम्मा भएका प्रदर्शनकारीले शान्तिबाटिकासम्म पुगेका छन्।

उनीहरूले ‘अति बढ्यो महंगी र भ्रष्टाचार, जनताको होइन माफियाको सरकार’,  ‘बढ्दो महंगी नियन्त्रण गर, भ्रष्टाचारीलाई कारबाही गर’ जस्ता नारा लेखिएका पोष्टर र ब्यानर बोकेका छन्  वर्षा भइरहेकाले प्रदर्शनकारीहरू छाता ‌ओढेर प्रदर्शनमा सहभागी भएका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here