मङ्गलबार ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि

70

काठमाडौं । पछिल्लो समय नेपालमा कोरोना सङ्क्रमणदर पुनः बढ्दो क्रममा रहेको छ । मङ्गलबार ८१४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीका अनुसार पाँच हजार ४१५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा ८१४ जनामा कोरोना पुष्टि भएको हो ।  जसमध्ये २७ सय ६२ पीसीआर परीक्षण गर्दा ५०९ र २६ सय ५३ जनाको एन्टिजेन परीक्षण गर्दा ३०५ जनामा कोरोना पुष्टि भएको छ ।

२४ घण्टामा २९९ जना सङ्क्रमणमुक्त भएका छन् भने सो समयमा कसैको पनि मृत्यु भएको छैन ।  काठमाडौं उपत्यकामा मात्रै ३१३ जना सङ्क्रमित थपिएका छन् । जसमा काठमाडौंमा २५३, ललितपुरमा ३६ र भक्तपुरमा २४ रहेका छन् । योसँगै नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार १४४ पुगेको छ । जसमा काठमाडौंमा तीन हजार १८, भक्तपुरमा ३० र ललितपुरमा ५५० जना रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here