यी चार देशले विश्वकप-२०३० को आयोजना गर्न इच्छुक देखाए

128

एजेन्सी । चार दक्षिण अमेरिकी राष्ट्रले सन् २०३० को विश्वकप आयोजना गर्न संयुक्त दाबी गरेका छन् ।

अर्जेन्टिना, चिली, उरुग्वे र पाराग्वेले संयुक्त रूपमा विश्वकप आयोजना गर्ने दाबी पेस गरेका हुन् । सन् १९३०मा विश्वकपको पहिलो संस्करण आयोजना गरेको उरुग्वे शताब्दी उत्सवमा विश्वकप फर्काउन चाहन्छ । ‘यो महादेशकै सपना हो । विश्वकप धेरै हुनेछन्,तर १०० वर्ष एक पटक मात्रै हुनेछ ।

त्यसैले यो ‘घर’मा फर्किनुपर्छ,’ दक्षिण अफ्रिकी फुटबल महासंघ (कन्मेबोल) का अध्यक्ष अलेजान्ड्रो डोमिनग्वेजले भनेका छन् । यसअघि चिलीले सन् १९६२ र अर्जेन्टिनाले १९७८ मा विश्वकप आयोजना गरेका थिए । यस्तै, स्पेन र पोर्चुगलले पनि संयुक्तरुपमा आयोजक बन्नका लागि प्रस्ताव गरिसकेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here