काठमाडौं । काठमाडौं महानगरपालिका फोहोर नउठ्दा दुर्गन्धित भएको छ । महानगरको चोक चोकमा फोहोरको थुप्रोले सडक र फुटपाथ अस्तव्यस्त भएका छन् । देशकै ठूलो प्रशासनिक सचिवालय सिंहदरबारको गेट अगाडी नै फोहोरको डंगुर लागेको छ ।
काठमाडौंको फोहोर साउन ४ गतेबाट एकैचोटी हिजो १९गतेबाट मात्रै नियमित रुपमा उठ्न थालेको महानगरले जनाएको छ । काठमाडौं महानगरपालिकाका प्रवक्ता नविन मानन्धरका अनुसार हिजोबाट घर –घरमा गएर नियमित फोहोर संकलन सुरु भइसकेको छ ।
महानगरका फोहोर व्यवस्थापन फोकल पर्सन रहेका मेयर बालेन्द्रका सचिवालय सदस्य सुनिल लम्साल महानगरपालिकाले दैनिक रुपमा फोहोर उठाउनन सके घरबाट सडकमा फोहोर नै आउन नपाउने दाबी गर्छन् ।
महानगरले फोहोर उठ्ने दाबी गरिरहँदा काठमाडौंका सडक, गल्ली र चोकहरुमा फोहोरको कारणले दुर्गन्ध बढ्दै गएको छ ।