काठमाडौं । काठमाडौं उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी एआईजी दानबहादुर कार्कीलाई दिइएको छ ।
यसअघि निमित्त प्रमुखको जिम्मेवारीमा डीआईजी ओम राना थिए । रानालाई जिम्मेवारीबाट हटाएर उनको स्थानमा एआईजी कार्कीलाई कमाण्ड दिइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ ।
एआईजी टेक तामाङ अवकार भएपछि सोमबार काठमाडौं प्रहरी प्रमुख निमित्तको भरमा थियो ।


















