सुरुङ्गा नपामा जसपा र माओवादीबीच तालमेल

125

सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिकामा सत्तारुढ गठबन्धनका दुई दल माओवादी केन्द्र र जसपाले स्थानीय तह निर्वाचनमा तालमेल गर्ने निर्णय गरेका छन् । जसपाले मेयर र माओवादी केन्द्रले उपमेयर पाउने गरी तालमेल भएको छ ।  जसपाले साबिर खानलाई मेयरको र माओवादीले जनयुद्धका घाइते तत्कालीन कम्पनी कमाण्डर शिवकुमार रामलाई उपमेयरको उम्मेदवार बनाउने भएको छ ।

जसपाका नगर अध्यक्ष दिनेश कुमार यादव र नेकपा माओवादी केन्द्रका अध्यक्ष यमबहादुर खपांगी मगरले आइतबार विज्ञप्ती जारी गर्दै दुबै दलबीच तालमेल भएको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here