दसैँको टिका लगत्तै चुनावका लागि मनोनयन गरिने

115

काठमाडौं ।  प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले दसैँको टिका लगत्तैपछि प्रदेशसभा र प्रतिनिधिसभाको चुनावका लागि मनोनयन गरिने जानकारी दिएका छन्।  बिहीबार मंसिर ४ गतेका लागि चुनावको मिति घोषणा भएपछि चुनावी तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त थपलियाले दसैँलगत्तै मनोनयन गर्ने गरी चुनावी कार्यतालिका आउने बताए। उनले भने, ‘दसैँको लगत्तै मनोनयन हुन्छ। ठ्याक्कै मिति अहिले नै नभनौँ। तर दसैँपछि लगत्तै चुनावका लागि उम्मेदवारी दर्ता गरनेछ।’ यस वर्षको दसैँको टिको दिन असोज १९ गतेका लागि रहेको छ।’   थपलियाले उम्मेदवारी दर्ता भएपछि संसदको कार्यकाल स्वत सकिने बताए।  अहिलेसम्म अनौपचारिक रुपमा तयारी गरिरहेका र त्यसलाई औपचारिकता बदलेर काम गर्ने उनले बताए।  यो चुनावमा वैशाखमा भएको स्थानीय तहको चुनावमा भन्दा दश लाख मतदता बढ्ने आयोगले दाबी गरेको छ। स्थानीय तहमा एक करोड ७७ लाख मतदाता थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here