काठमाडौं । साउन काठमाडौं महानगरपालिका-६ बौद्ध तिनचुली आनन्दपुर खण्डमा बस्दै आएका हाल नाम, थर, वतन नखुलेका करिब ५५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
पर्साकाे वीरगंज महानगरपालिका-१६ ईनर्वास्थित भन्सार कार्यालय नजिकै नालाको छेउमा हाल नाम, थर, वतन, नखुलेका करिब ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


















