देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना

52

काठमाडौं । हाल देशमा पश्चिमी न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

उक्त प्रणालीका कारण हाल प्रदेश १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रहेको छ। पश्चिम तथा मध्य तराईका केही स्थानमा हुस्सु लागेको शाखाको भनाइ छ। अन्य भू–भागमा भने मौसम सामान्यतया सफा रहेको महाशाखाको भनाइ छ।

आज ९सोमबार० सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी  र बागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली  रहने महाशाखाको भनाइ छ। बाँकी प्रदेशमा भने आंशिक बदली भए पनि मौसम सामान्यतया सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमापातको सम्भावना  रहेको महाशाखाको भनाइ छ।

आज राति पहाडी भू९भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू९भागमा आंशिक बदली रहने महाशाखाको भनाइ छ। उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

देशभर आंशिकदेखि सामान्य बदली हुने सम्भावना रहेकाले  देशभर चिसो बढ्ने महाशाखाको भनाइ छ। चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here