काठमाडाैं । परराष्ट्र मन्त्रालयको विशेष अनुरोधमा, हिमालय एअरलाइन्स्ले माननीय परराष्ट्रमन्त्री डा. नारायण खड्काको औपचारिक भ्रमणका लागि साउन २४, २०७९ ग चीनको छिङदाओ (सिङ्ताओ) जाने एक विशेष कूटनीतिक चार्टर उडान सञ्चालन गर्ने विशेषाधिकार प्राप्त गरेको थियो ।
परराष्ट्र मन्त्रालयका पदाधिकारीहरूको एघार सदस्यीय प्रतिनिधिमण्डल लिएर हिमालयको A319, 9N AJK को उडान नं. H9 ७२२० ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो राति ११.०७ बजे (स्थानीय समय) मा प्रस्थान गरिएको थियोे र छिङदाओ लिउटिङ अन्तर्राष्ट्रिय विमानस्थलमा ९क्ष्ब्त्ब्स्yndf (IATA: TAO, ICAO: ZSQD) आज बिहान ७.५५ बजे (स्थानीय समय) मा अवतरण गरिएको छ ।
छिङदाओको दुईदिने औपचारिक भ्रमणपछि साउन २६, २०७९ मा अपरान्ह ३.०० बजे (स्थानीय समय) प्रस्थान गर्ने उडान ज्ढ ७२२१ मार्फत प्रतिनिधिमण्डलका सदस्यहरु फर्किनु हुनेछ र सोहि दिन अपरान्ह ४.५० मा (स्थानीय समय) काठमाडौं आइपुग्नु हुने अपेक्षा गरिएको छ ।
सन् २०२० मा फैलिएको कोभिड–१९ को महामारीका कारण नेपाल र चीनबीचको हवाई यात्रा दुबै देशले लागु गरेका विभिन्न यात्रा प्रतिबन्ध पश्चात ठप्प भएको थियो । यद्यपि, महामारी नियन्त्रण भएर जनजीवन सामान्यतातर्फ फर्किएपछि, हिमालयले मे ३१, २०२२ बाट चीनको कुनमिङ जाने आफ्नो निर्धारित उडान तालिका सञ्चालन गर्दै साप्ताहिक रुपमा एउटा उडानका साथ सेवा सुरु गरेको थियो ।
काठमाडौंबाट छिङदाओका लागि सीधा उडान तालिका नभएकाले एअरलाइन्स्ले आवश्यक सबै अनुमति लिएर यो विशेष चार्टर उडान सञ्चालन गरेको हो ।

















