सोमालियामा १० लाख मानिस विस्थापित

162

एजेन्सी । सोमालियामा ऐतिहासिक खडेरीका कारण १० लाख मानिस विस्थापित हुनुका साथै अनिकालको छायाँमा परेको संयुक्त राष्ट्रसंघले बिहीबार जनाएको छ। संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय युएनएचसिआर र नर्वेजियाली शरणार्थी परिषद् (एनआरसी) का अनुसार सात लाख ५५ हजारभन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित बनेका तर उनीहरू देशको सीमाभित्र रहेका छन्।

सोमालिया, इथियोपिया र केन्यालगायत अफ्रिकामा रहेका उसका छिमेकीहरू ४० वर्षयताकै सबैभन्दा खराब खडेरीको चपेटामा परेका छन्। अपेक्षित पाँचौँ असफल वर्षायामले अझै धेरै परिवारहरू विस्थापित हुने निश्चित छ। सोमालियामा एनआरसीका कन्ट्री डाइरेक्टर मोहम्मद अब्दीले भने, ‘१० लाख जनसंख्या विस्थापित हुनु सोमालियाका लागि ठूलो खतराको घण्टी हो ।’

ad
उनी थप्छन्, ‘भोकमरीले अहिले सिंगो देशलाई पिरोलेको छ। हामीले धेरैभन्दा धेरै परिवारहरूले घरसहित सबै कुरा छोडेर जान बाध्य भएको देखिरहेका छौँ किनभने उनीहरूको गाउँमा पानी वा खानेकुरा बाँकी छैन। धेरै ढिला हुनुभन्दा पहिले नै तत्काल सहायता कोष बढाउन आवश्यक छ।’

जलवायु परिवर्तन र युक्रेन युद्ध र खाद्य पदार्थको बढ्दो मूल्यका कारण सोमालियामा भोकमरीको समस्या झेलिरहेका मानिसको संख्या आगामी महिनाहरूमा करिब ५० लाखबाट बढेर ७० लाखभन्दा बढी पुग्ने युएनएचसीआरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here