यसरी मनाइन्छ रोपाई जात्रा

473

काठमाडौं । आज रोपाइँ जात्रा मनाइँदै छ। रोपाइँ जात्रा असारको महिना धानको रोपाइ गरी सके पछि मनाइन्छ। यो नेवार संस्कृतिबाट शुरू भएको जात्रा हो।

धान रोप्ने काम सकिएको खुसीयालीमा यो जात्रा मनाइन्छ। यो जात्रामा रोपाइँमा धान रोपे झैँ गरी नाच्ने गाउने गरिन्छ। रोपाइ जात्रा मनाउन खेतालाहरू जम्मा भएर बाजा गाजाका साथ ज्युला (धान रोप्ने खेतहरू मात्र भएको ठाउँ) मा गएर असारे गीत गाउँदै र नाँच्दै रमाइलो गर्दछन्।

गाईजात्राको भोलिपल्ट काठमाण्डौ उपत्यकासहित विभिन्न ठाउँमा रोपाइँ जात्रा मनाउने गरिन्छ।

यो जात्रा मनाउने चलन मल्लकालदेखि चलिआएको मानिन्छ। विशेष गरि नेवार समुदायले चैत्य, बहाल र टोलका फलैँचामा भेला भएर रोपाइँ जात्रा मनाउने गर्छन्। धान रोपाइँ सकिएको खुसियालीमा यो जात्रा मनाउने गरिन्छ।

तर ठाउँअनुसार फरक–फरक तरिकाले मनाउने चलन छ। टोलका मानिस भेला भएर विभिन्न बाजा बजाउँदै धान रोपे जस्तै गरेर नाच्ने गरिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here