काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका फोर्वार्ड मनिष डाँगी बहराइनको क्लबमा अनुबन्ध भएको छ। उनी इतेहाद अल रिफ क्लबमा अनुबन्ध भएका छन् । मनिषलाई अनुबन्ध गर्ने इतेहाद बहराइनको दोस्रो डिभिजन क्लब हो । मनिषलाई २०२२/०२३ को सिजनका लागि अनुबन्ध गरेको हो ।
इतिहादले सामाजिक सञ्जाल इन्स्टाग्रामबाट मनिषलाई भत्र्याएको जनाएको छ । उनले पछिल्लो सिजनको ‘ए’ डिभिजन क्लब मछिन्द्रबाट खेलेका थिए । मनिषले खेलेको सिजनमा मछिन्द्र च्याम्पियन बनेको थियो । उनले हालसम्म नेपालका लागि ११ म्याच खेलिसकेका छन् । मनिषले इराकमा भएको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीबाट डेब्यू गरेका थिए । उनले डेब्यु खेलमै गोल पनि गरेका थिए ।


















