संघीय सरकारविरुद्ध आन्दोलन

100

जनकपुरधाम । प्रहरी समायोजन नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेस सरकारले आन्दोलन थालेकाे छ।

संविधानको अनुसूची ६ मा शान्ति सुरक्षाको जिम्मा प्रदेश सरकार मातहत रहने भने पनि संघ सरकारले प्रहरी समायोजन नगरेको भन्दै मुख्यमन्त्री, मन्त्री तथा सांसदहरूले प्रदेश प्रमुखको कार्यालयमा धर्ना बसेका हुन्।

आइतबार पूर्वनिर्धारित प्रदर्शनको कार्यक्रमअनुसार प्रदेश प्रमुखको कार्यालयको प्राङ्गणमा टेन्ट लगाएर मन्त्रीहरू धर्नामा बसेका छन्। प्रदेश सरकारले पहिलो चरण अन्तर्गत सात दिनसम्म धर्नामा बस्ने छन्। धर्नामा बसेका मुख्यमन्त्री लालबाबु राउतले संघीयताको सफल कार्यान्वयनकालागि आफुहरुले आन्दोलनमा उत्रेको जनाए ।

संघ सरकारले प्रहरी प्रशासनसहित विभिन्न अधिकारहरु प्रदेश मातहत नदिएसम्म संघीयताको सफल कार्यान्वयन हुन नसक्ने उनकाे धारणा रहेकाे छ।

मुख्यमन्त्री राउतले आफूहरूको आन्दोलनमा सबै दलको सहभागिता रहेकाले यो धर्ना निर्वाचन लक्षित नरहेको स्पष्ट पारे।धर्ना कार्यक्रममा मुख्यमन्त्री राउतसहित गृह तथा संचारमन्त्री भरत प्रसाद साह, ऊर्जा तथा खानेपानीमन्त्री ओमप्रकाश शर्मा, भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवलगायत सबै मन्त्री र प्रदेश सांसदहरू उपस्थित भएका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here