कांग्रेसले निर्वाचन लक्षित कार्यक्रम राष्ट्रव्यापी रुपमा गर्ने

84
?????? ?????????? ????????? ???????? ???????? ?????? ????? ???????? ????????? ???????????? ??????? ?????? ?????? ????????????? ??? ???????? ?????? ?????? ????????? ?????????? ???????? ?????? ? ???? ????????/????

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले भदौ १० देखि २४ गतेसम्म आगामी निर्वाचन लक्षित कार्यक्रम राष्ट्रव्यापी रुपमा गर्ने भएको छ। ७७ वटै जिल्लामा ७७ जना केन्द्रीय नेताको नेतृत्वमा सो कार्यक्रम गरिने कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो।

उहाँले मूलतः मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको तयारीका लागि कांग्रेसका केन्द्रीय सदस्य एवम् नेताले जिल्लाको सम्पूर्ण साङ्गठनिक संरचनालाई नेतृत्व गर्ने उल्लेख गर्नुभयो।

उहाँले भन्नुभयो, “मूलतः निर्वाचन केन्द्रित कार्यक्रम हो। केन्द्रीय सदस्य, नेताले जिल्लाको सम्पूर्ण साङ्गठानिक संरचनालाई गतिशील, जीवन्त र चुस्तदुरुस्त राख्नको लागि संवाद एवम् निर्देशन दिनुहुन्छ।” निर्वाचन लक्षित कार्यक्रम बुँदागत रुपमा गर्ने विषयमा आवश्यक बैठक बस्ने कार्य पनि नेताहरुले गर्नुहुने उहाँको भनाइ छ।

उहाँले कांग्रेसले उचित समयमा निर्वाचन आयोगमा चुनावका लागि दल दर्ता गर्ने बताउनु हुँदै गठबन्धनका अन्य दलसँग पनि समन्वय गरेर अघि बढ्ने बताउनुभयो। “सरकारमा रहेका सबै दलसँग मिलेर, समन्वय गरेर राजनीतिक स्थायित्व, विकास, शान्ति र सुव्यवस्था कायम गर्ने गरी कांग्रेस अगाडि बढ्छ”, पौडेलले भन्नुभयो। कांग्रेसको शनिबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गरेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here