गाईजात्रामा महादेवको पात्रमा अभिनय गर्नुभएका गोविन्द्र महर्जनको मृत्यु

114

कीर्तिपुर  । कीर्तिपुरमा गाईजात्रामा महादेवको पात्रमा अभिनय गर्नुभएका गोविन्द्र महर्जनको मृत्यु भएको छ । कीर्तिपुरको सलिछेँका स्थानीय २४ वर्षीय महर्जनको द्यःपुखुमा पौडी खेल्ने क्रममा मृत्यु भएको पारिवारिक स्रोतले जनाएको हो ।

जात्रामा सबैभन्दा लोकप्रिय पात्रको रूपमा अभिनय गर्नुभएका महर्जन आइतबार राति सवा १० बजे बाघभैरवस्थानमा रहेको द्यःपुखुमा डुब्नुभएको थियो । पोखरीमा डुबेका उहाँलाई निकालेर बल्खुस्थित बयोधा अस्पातल उपचारको लागि लगिएको त्यहाँ मृत घोषणा गरिएको थियो ।

गाईजात्रा भित्र्याएपछि कीर्तिपुरमा लाखेलाई उपहार स्वरूप राँगोको टाउको-खुट्टा दिएर जात्रा गरिने क्रममा महर्जन डुब्नुभएको थियो ।

सो जात्रामा धेरै जना पौडी खेलेका थिए भने सयौंले सो जात्रा हेरेका थिए ।

कीर्तिपुर नगरपालिकाका वडा नम्बर १ का वडाध्यक्ष हीरालाल महर्जनका अनुसार दिनभर जात्रा खेलेर थाक्नुभएका महर्जनको थाकेको बेलामा पौडी खेल्दा अचेत अवस्थामा पुग्नुभएको थियो ।

पत्रकार वीरेन्द्र शाक्यले सबै जना  टाउको-खुट्टा लिने जात्रामा लागेको बेला महर्जन डुबेको हो वा पौडी खेलेको भन्ने नै अन्यौल हुँदा ५ मिनेटपछि मात्र अरू साथीहरूले उद्दार गरेर निकालेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here