देशका लागि समर्पित छु, मसित उपचार गराउने पैसा छैन : अध्यक्ष ओली

95

काठमाडाैं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बिरामी भइहाले उपचार गराउने पैसा आफूसँग नभएको बताएका छन्।

आफूले व्यक्तिगत सम्पत्ति राज्यलाई दिएको उनले जनाए । ‘मैले आफ्नो व्यक्तिगत सम्पत्ति राज्यको सम्पत्ति भनेर पास गरिदिएको छु,’ काठमाडौंमा आज बिहान आयोजित एक कार्यक्रममा ओलीले भने, ‘म देशका लागि समर्पित छु।’ उनले आफू र श्रीमती बाँचुन्जेल घरमा बस्न पाउने जनाए । ओलीको घर भक्तपुरस्थित बालकोटमा छ।

‘अहिले पनि त्यो घर म बेच्न पाउँदिनँ,’ उनले भने, ‘बन्धकी राख्न पाउँदिनँ। बेचेर खर्च चलाउन सक्दिनँ। बिरामी भएँ भने तपाईंहरूले उपचार गराउनुभयो भने कुन्नी, नत्र मसँग पैसा छैन।’

उनले सांसद भएकोले केही पैसा भने आउने जनाए । ‘घर बेचेर उपचार गर्छु भन्ने पनि छैन, घर दान गरिसक्या छ। दान गर्‍या बेच्न मिल्दैन,’ ओलीले भने।

उनले आफू युवाहरू जत्तिकै सक्रिय रहेको पनि जनाए । ‘म युवाभन्दा कम सक्रिय छैन। मसँग बसेर काम गर्ने युवा मेरो साथमा रहँदा थाक्छन् म थाकेको छैन,’ ओलीले भने।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here