काठमाडाैं । साताको पहिलो कारोबार दिन आइतबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ।
बिक्री भएको सेयर १ अर्ब ८७ करोड ३२ लाख रुपैयाँबराबरको भएको नेप्सेले जनाएको छ।
बिहान ११ बजे खुलेको बजार एक घण्टासम्म उक्लिए पनि त्यसपछि निरन्तर गिरावट हुने क्रममा नेप्से २०१०.०१ विन्दुमा झरेर बन्द भएको हो। आज सबै उपसूचक राताम्य हुनपुगेका छन्।
आज १८ कम्पनीका लगानीकर्ताले कमाएका छन्। तीमध्ये अपर हेवाखोला हाइड्रोपावरका लगानीकर्ताले ८.१० प्रतिशत अर्थात् प्रतिकित्ता ११.६० रुपैयाँ कमाइ गरे पनि अन्य कम्पनीका लगानीकर्ताले ३ प्रतिशत पनि कमाउन सकेनन्।
गुमाउने कम्पनीका लगानीकर्ताले ७.०९ प्रतिशतसम्म गुमाएका छन्। आज बजारमा हिमालयन डिस्टिलरीको सर्वाधिक १६ करोड ५३ लाखको सेयर कारोबार भएको छ। त्यसबाहेक नेपाल लाइफ इन्स्योरेन्सको ११ करोडको, शिवम् सिमेन्टको ८ करोड रुपैयाँको कारोबार भएको छ।
आज बजार पुँजीकरण २८ खर्ब ७० अर्ब र तरलता ११ खर्ब ७७ अर्बको रहेको छ।


















