राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग

218

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीको राजीनामा माग गरेको छ।

आइतबार राष्ट्रपति भण्डारीले नागरिकता विधेयक संसदमा फिर्ता गरेपछि तरुण दलले राष्ट्रपतिको राजीनामा माग गर्दै नदिएमा महाअभियोग लगाएर भए पनि पदच्यूत गर्नुपर्ने माग गरेको छ।

राष्ट्रपतिले सीमित राजनीतिक पार्टीको चौघेरामा बसेर पदको मर्यादा काम गर्न नसके आरोप लगाउँदै तरुण दलका अध्यक्ष विद्वान गुरुङले विज्ञप्तिमार्फत् नागरिकता विधेयक फिर्ता गरेर राष्ट्रपतिले जनतामाथि खेलबाड गरेको भन्दै राजीनामा माग माग्दै राजीनामा नदिए महाअभियोग लगाउनुपर्ने माग गरेका हुन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here