प्रतिनिधि सभा निवार्चनमा सुमन सायमी र विद्या श्रेष्ठकाे उम्मेदवारी घोषणा

88

काठमाडाैं ।   वि.सं. २०७९ को स्थानिय निकायको चुनावमा काठमाडौं महानगरको मेयर र उप-मेयरमा लोकप्रिय मत ल्याएका सुमन सायमी र विद्या श्रेष्ठ महर्जनले मंसिर ४ मा हुने प्रतिनिधि सभाको निर्वाचनमा उम्मेदवारीको घोषणा गरेका छन् ।

सुमनले काठमाडौं क्षेत्र नम्बर ८ बाट उम्मेदवार दिदै छन् भने विद्याले काठमाडौं क्षेत्र नम्बर ९ बाट उम्मेदवारी दिने घोषणा गरेकी छिन् । उम्मेदवारीको घोषणा गर्दै सायमीले राष्ट्रका लागि आफ्नो उम्मेदवारी रहेको जनाएको छन् भने श्रेष्ठले ‘प्रयास हाम्रो साथ तपाईको’ नारासहित आफ्नो उम्मेद्वारीको घोषणा गरेकी छिन् ।

दुवै जनाले कुनै दलबाट नभइ स्वतन्त्र तर्फबाट उम्मेदवारी दिन लागेकाे खबर प्राप्त भएकाे छ ।  सुमन उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समितीको अध्यक्षसमेत रहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here