मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली

97

काठमाडौं । राष्ट्रिय एकता अभियानको युवा विभागले मुस्लिम आयोग र बीआरआई सम्झौता खारेजीको माग गर्दै विरोध र्याली निकालेको छ । काठमाडौँस्थित माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म सयौँको सख्यामा रयाली निकालेको हो । युवा विभागले बीआरआईलाई राष्ट्रघाती र मुस्लिम आयोगलाई जिहादी प्रर्वद्धकको रुपमा आरोप लगाएको छ ।

बिरोध र्याली माइतीघर मण्डलाबाट सुरु भई बानेश्वरमा पुगी कोणसभामा परिणत भएको थियो । रयालीमा सहभागीहरु जिहादी प्रवद्र्धक मुस्लिम आयोग खारेज गर, राष्ट्रघाती बीआरआई सम्झौता खारेज गर तथा हिन्दुराष्ट्र कायम गर, चिनियाँ विस्तारवाद मुर्दावाद भन्दै नारा लगाइएको थियो ।

युवा विभागद्वारा निकालिएको र्यालीमा अभियानका अध्यक्ष विनय यादवले बीआरआई सम्झौता र मुस्लिम आयोग तत्काल खारेजी गर्नलाई सरकारसँग आग्रह गरे ।

त्यस्तै अभियानका केन्द्रीय सदस्य राजेश हिन्दू सम्राट, चन्द्र यदुवंशी, लगायत युवा विभागका अध्यक्ष कृष्ण यादव, प्रवक्ता रजनीश पाण्डेय, सदस्य प्रीति पाण्डेय, मुस्कान यादव, भाग्यनारायण ठाकुर, बोधनारायण यादव, राष्ट्रिय विधार्थी परिषद्का महासचिव पप्पू यादव लगायतले बीआरआई सम्झौता र मुस्लिम आयोग तत्काल खारेज गर्नुपर्नेमा जोड दिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here