काठमाडाैं । मोतिराम जयन्तिमा नेपालको एउटा नयाँ कृति सार्वजनिक कुशीऔँशी तथा मोतिराम जयन्तिका अवसरमा लेखक नारायण नेपालको नौलो कृति सार्वजनिक गरिएको छ ।
कपन काठमाडाैंको यात्री पुस्तकालयमा घुम्ती कवि गोष्ठी नेपालद्वारा आयोजित एक कार्यक्रममा साहित्यकार तिलक लुइटेलद्वारा ‘दाजु-बहिनीका कुरा’ नामको एक बाल उपन्यास सार्वजनिक गरिएको हो ।
घुम्ती कविताका अध्यक्ष रामकुमार पण्डित, गीतकार विसु केसी, कवि कृष्णप्रसाद बस्याल अनि कवि विनोद दाहाल वत्सलगायतका व्यक्तित्वहरूको सिर्जना वाचन तथा श्रवण गरिएको उक्त कार्यक्रममा त्रिलोचन आचार्य, रामचन्द्र दाहाल, दुर्गा भ्रमरकोटे, निबन्ध आचार्य, ओमकारप्रकाश नेपाल, सुशील पोख्रेल, मिसन अधिकारी अनि किशोर श्रेष्ठलगायतका व्यक्तिहरूको उपस्थिति थियो ।
पुनश्च: भुँडीपुराण प्रकाशनबाट आएको सो पुस्तक फरक रूपमा बालमनोविज्ञान बुझ्ने र बुझाउने सोपान हुनेछ भन्ने लेखकको ठम्याइ ससम्मान यहाँ सभार गरिएको छ ।


















